हाम्रो बारेमा

श्री सुन्दरहरैचा छैठ पूजा सेवा समिति, मोरङ्ग

नेपालीहरुको महान पर्वहरु मध्ये एकता, सहिष्णुता, सद्भाव र समावेशीको प्रतिकको रुपमा रहेको छैठ पर्वको धार्मिक, साँस्कृतिक, सामाजिक र बैज्ञानिक महत्वको जगेर्ना गर्दै यसको संरक्षण तथा प्रबर्द्धनका साथै समग्र विकास र विस्तारका लागि छैठ पूजा मान्ने व्यक्ति, परिवार, समुदायका साथै विभिन्न संघ संस्था र सरोकारवाला निकायहरुसंग हातेमालो गरी संस्थागत प्रयासहरु अगाडी बढाउन एउटा साझा संस्थाको आवश्यकता महशुस गरी गैर-राजनीतिक, गैर-नाफामुलक, गैर-सरकारी एवं विशुद्ध सामाजिक संस्था स्थापना गरी सञ्चालन गर्न वाञ्छनीय भएकोले संस्था दर्ता ऐन¸ २०३४ को अधनिमा रही यस “सुन्दरहरैचा छैठ पूजा सेवा समितिको मिति २०७८ साल मंसिर १ गतेबाट दर्ता गरी संचालनमा रहेको छ।

मुख्य उद्देश्यहरु

यस संस्थाका मुख्य उद्देश्यहरु निम्नानुसार रहेको छ ।

  • यो संस्था मुनाफारहित, जनहितकारी सामाजिक संस्था हुनेछ ।
  • नेपाली राष्ट्रियता, सामाजिक सद्भाव र सहिष्णुताको संरक्षणमा टेवा पुर्‍याउने ।
  • सुन्दरहरैचा नगरपालिका क्षेत्र भरी छरिएर रहेका छैठ पर्व मनाउने व्यक्ति र परिवारहरुलाई यस संस्था भित्र संगठित गर्दै सामुहिक हकहित र विकासमा जोड दिने ।
  • छैठ पर्वको मौलिकता, धार्मिक, सामाजिक तथा साँस्कृतिक पहिचान र वैज्ञानिक महत्वको जगेर्नाका साथै यसको प्रचार प्रसार गर्दै विधमान कुरीति, कुसंस्कार, कुप्रथा, कुलत र विकृतिहरुको अन्त्य गर्न प्रेरणा जगाउने ।
  • राज्यबाट प्राप्त हुने सेवा, सुविधा र अवसरहरुको सदुपयोग गर्ने ।
  • छैठ पर्व मनाउने र यस पर्व प्रति आस्था राख्ने परिवारहरुको अभिलेख व्यवस्थित गरी प्रत्येक वर्ष यसलाई अध्यावधिक गर्दै जाने ।
  • छैठ पर्वको संरक्षण, प्रवर्द्धन र विकासमा उल्लेखनिय योगदान पुर्‍याउने व्यक्ति र संस्थाहरुलाई सम्मानित तथा पुरस्कृत गर्ने ।
  • छैठ पूजाको महत्व र गतिविधिहरुको बारेमा प्रचार प्रसार गर्न आवश्यकता अनुसार टेलिभिजन, रेडियो, वेभसाइट, पत्रपत्रिकाको उपयोग गर्ने र मुखपत्र तथा बुलेटिनहरुको प्रकाशन गर्ने ।
  • यस संस्थाको हकहितका लागि विभिन्न सञ्जाल, महासंघ, एलायन्स तथा छाता संस्थाहरुमा आवद्ध भई अर्थपुर्ण सहभागिता र प्रतिनिधित्व जनाउने ।
  • छैठ पूजा लगायतका विभिन्न पर्व तथा उत्सवहरुको संरक्षण, प्रवर्धनका लागि आवश्यकता अनुसार मेला, महोत्सव, र्‍याली र प्रदर्शनीहरुको आयोजना गर्ने।
  • छैठ पूजा लगायतका विभिन्न पर्व, उत्सव तथा कार्यक्रमहरुको अवधिभर कार्यस्थलमा व्यवस्थापनको सम्पुर्ण जिमेवारी वहन गर्ने ।